काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिकास्थित धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ।
यही पुस २८ र २९ गते दुई दिन कार्यक्रम भएको थियो। जलजला गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष टुंगनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको पर्वत शाखाका प्रमुख विक्रम ढुंगानाले गरेका थिए।
कार्यक्रममा अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताका बारेमा प्रस्ट पारेका थिए।
कार्यक्रममा धाइरिङका कृषक, अजोड इन्स्योरेन्सका बजार विभागका नायब प्रवन्धक यादवप्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति थियो।
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
14 hours ago
14 hours ago
14 hours ago