काठमाण्डौ । हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन्।
चलचित्र रकस्टारको ‘कौन फाया कौन’, गजनीको ‘गुजारिश’, रांझनाको ‘तुम तक’ बजरंगी भाइजानको ‘तु जो मिला’लगायतका ५०० भन्दा धेरै हिन्दी गीत गायक अली नेपालमा पहिलो लाइभ शोका लागि आएका हुन्। द सोल्टी काठमाण्डौको प्रिभे नेपालमा शुक्रबार आफ्नो प्रस्तुतिका लागि उनी काठमाण्डौ आइपुगेका छन्।
उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका थिए। विभिन्न संगीत प्रतियोगितामा भाग लिएर उनी आफ्नो गायन कलालाई अझै निखार्दै अन्ततः बलिउडमा जमे।
लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन्। भोलि शुक्रबार हुने उनको प्रस्तुति हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ। संगितप्रेमीहरु उनको प्रस्तुति हेर्न अत्यन्त उत्साहित देखिएका छन्।
17 minutes ago
19 minutes ago
25 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago