काठमाण्डौ । ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्।
‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्विट सन् २००६ मार्च २१ मा लेखिएको थियो। सो ट्विट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन्।
मलेशियाका सिना इस्टाभीले आफूले ट्विट किन्नुलाई 'मोनालिसा' चित्रकला किनेजस्तो भनेका छन्। सो ट्विट बिटक्वाइनको प्रतिस्पर्धी इथर क्रिप्टोकरेन्सीमार्फत सोमबार किनिएको हो।
ट्विट किनिसकेपछि इस्टाभीले एनएफटी टोकन पाएका छन्। जसले कुनै पनि डिजिटल कुरा कसको हो भन्ने विवरण राख्छ।
डोर्सीले सो रकम अफ्रिकाका लागि परोपकारी काममा दान गर्ने बताएका छन्। – बीबीसीबाट
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago