काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९–८० को प्रथम त्रैमास (साउन, भदौ र असोज) मा साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
समीक्षा अवधिमा प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको हो। यो अवधिमा प्राधिकरणले २४ अर्ब ४८ करोड खर्च गरेको छ। यस हिसाबले प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो।
यो अवधिमा प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा भारतीय प्रतिस्पर्धी बजारमा विद्युत बिक्री गरी प्राधिकरणले ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ।
प्राधिकरण आर्थिक वर्ष २०७३–७४ पछि निरन्तर नाफामा रहेको छ। आर्थिक २०७२–७३ मा भने प्राधिकरणले ८ अर्ब ८९ करोड घाटा व्यहोरेको थियो।
गत आर्थिक वर्षमा प्राधिकरणले २०७८–७९मा प्राधिकरणले १६ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
6 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago