काठमाण्डौ । विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले बुधबार पनि थुप्रै जनशक्ति माग गर्दै सूचना प्रकाशित गरेका छन् । 

केही विकास बैंक, केही लघुवित्त कम्पनी र केही बिमा कम्पनीहरुले निकै ठूलो संख्यामा कर्मचारी मागेका हुन् । 

राष्ट्रिय स्तरको विकास बैंक, देवः विकास बैंक लिमीटेडले विभिन्न ४ पदमा दर्जनौ कर्मचारी मागेको छ । यो बैंकले व्यवस्थापकीय तहमा काम गर्ने गरी केही कर्मचारी, अफिसर लेभलका केही, असिस्टेन्ट म्यानेजर लेभलका केही र सुपरभाइजर लेभलका केही कर्मचारी मागेको हो । 

चारैवटा तहमा आवेदन दिनेसँग बैंक तथा बित्तीय संस्थामा काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । 

सम्बन्धित बिषयमा न्यूनतम स्नातकोत्तर गरी ४ वर्षको अनुभव प्राप्त गरेको म्यानेजेरियल लेभलमा आवेदन दिनसक्ने बताइएको छ ।

यस्तै, अफिसर लेभलमा न्यूनतम स्नातक उत्तीर्ण गरी ३ वर्ष काम गरेको अनुभवीले, असिस्टेन्ट म्यानेजर लेभलमा पनि सोही अनुसारको शिक्षा तथा कार्यानुभव तोकिएको छ ।

दशजोड दुई उत्तीर्ण भई २ वर्षको कार्यानुभव भएकाले सुपरभाइजर पदमा आवेदन दिनसक्ने बताइएको छ । 

अफिसर लेभलमा ४० वर्ष ननाघेकाले र सुपरभाइजर लेभलमा ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने बताइएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस्तो छः

उता, अर्को राष्ट्रिय स्तरको विकास बैंक, कैलाश विकास बैंकले पोखरा र काठमाण्डौ क्षेत्रका लागि केही ब्राञ्च म्यानेजरहरुका लागि जागिरको अवसर खुलाएको छ । व्यवस्थापन वा सम्बन्धित बिषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी बैंक तथा बित्तीय संस्थामा ७ वर्ष र ब्राञ्च म्यानेजरको रुपमा ३ वर्ष काम गरेको अनुभवीलाई प्राथमिकता दिइने बताइएको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छः

यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्सले पनि ५ वटा पदमा दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको छ । 

कम्पनीले असिस्टेन्ट मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ असिस्टेन्ट, अण्डरराइटिङ  असिस्टेन्ट र आइटी असिस्टेन्टका लागि दरखास्त आह्वान गरेको हो । 

सूचना यस्तो छः

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले विराटनगर, धनगढी र ललितपुर अफिसका लागि ब्राञ्च म्यानेजर मागेको छ । कम्पनीले प्रकाशन गरेको सूचना यसप्रकार छः

उता, काभ्रोको नमोबुद्ध नगरपालिका २, भकुण्डेबेसीमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय तथा शाखामा काम गर्ने गरी विभिन्न ४ पदमा जागिरको अवसर खुलाएको छ । 

कम्पनीले एकजना अधिकृत, सूचना प्रविधिमा काम गर्ने गरी एकजना सहायक अधिकृत, सहायकस्तरका केही शाखा प्रमुख र सहायक स्तरका केही प्रशिक्षार्थी सहायक पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले प्रकाशित गरेको सूचना हेर्नुहोस्:

यस्तै, सानिमा इन्स्योरेन्स कम्पनी लिमीटेडले समेत केही कर्मचारी माग्दै सूचना प्रकाशित गरेको छ । यो कम्पनीले १७ जना शाखा इञ्चार्ज, मार्केटिङ एक्जूकेटिभ ३० जना, क्लेम डिपार्टमेन्ट र कानून अधिकृतमा १ १ जना कर्मचारी मागेको छ ।