काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामै १ खर्ब २ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात गरेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार यो निर्यात गत वर्षको ५ महिनाको तुलनामा १०५ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा नेपालबाट जम्मा ५० अर्ब ५ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। 

चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५९.५५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा नेपालले ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको थियो। 

नेपालबाट वस्तु निर्यात वृद्धिदर दोब्बर दिए पनि आयात पनि उल्लेख्य रुपमा बढेकोले वैदेशिक व्यापार घाटा झनै बढेको छ। गत वर्षको ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ रहेको चालु आर्थिक वर्ष ५ महिनामा बढेर ७ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। 

नेपालले मंसिरमा मात्रै २० अर्ब ८० करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ। यो अवधिमा नेपालले १ खर्ब ८७ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ।