काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। 

बैंकले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९ र २०७०–७१ सम्मको नगद लाभांश लिन आउन सूचना जारी गरेको हो। बैंकले सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ। 

तोकिएको समयभित्र लाभांश लिन नआएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले स्पष्ट पारेको छ। 

बैंकले लाभांश लिन बाँकी सेयरधनीहरुले बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ।