काठमाण्डौ । सेयर बजार आज दिनभर नै बढेर कारोबार भएको छ। बिहान सुरुआती चरणमा सामान्य अंकले बढेको बजार अन्तिममा ५१ अंकले बढेर बन्द भएको छ।
प्राविधिक रुपमा आज बजार बुलिस मारुबुजु क्यान्डल बनेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। अघिल्लो साता मध्य ब्यान्ड ब्रेक गरेको बजारले आज ५ महिनापछि अर्थात गत वर्ष २९ डिसम्बरपछि पहिलोपटक बोलिंगरको अप्पर ब्यान्डमा ब्रेक आउट गरेको छ।
यसले मूल्यरेखाहरु अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। भोलुमबाट आजको बजारलाई हेर्दा गत फेब्रुअरी २६ अर्थात करिब ३ महिनापछि २ अर्बमाथिको कारोबार भएको छ। यसले बजारमा सूचकसँगै कारोबार पनि बढेको देखिन्छ। आज बजारमा २ अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको छ।
बजारलाई म्याक्डीमार्फत हेर्दा गत १७ मेमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। आरएसआई आज ओभरबट जोननजिक ६५ को तहमा पुगेको छ। अघिल्लोपटक यस्तो विन्दु ८५ को तहमा पुगेपछि बजारमा गिरावट आएको थियो।
बजारले आगामी दिनमा बढेमा नजिकको प्रतिरोध १९६० देखि १९८० मा सामना गर्न सक्छ। यदि बजार त्यहाँबाट पनि माथि गएमा बजारले नयाँ हायर हाई बनाउन सक्छ। त्यसपछिको प्रतिरोध बजारले २००० आसपास लिन सक्छ।
घटेमा भने बजारले क्रमशः १९३१ तथा १९०३ मा सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago