काठमाण्डौ । पानीको अभावका कारण विश्वमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको छ । च्यारिटी संगठन वाटर एडले विश्वका केही देशमा देखिएको पानीको अभावका कारण ती क्षेत्रहरुमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलने दाबी गरेको हो ।
वाटर एडका अनुुसार ब्राजिल, उत्तरी यमनको युुद्धग्रस्त क्षेत्रका करीब तीन अर्ब मानिसहरुसँग कोरोनाको संक्रमणबाट बच्ने उपायहरुमध्ये एक, हात धुुनका लागि सफा पानी र साबुुनको अभाव रहेको छ ।
विश्वभरका झुुपड्पट्टी, शिविरहरु, भिडभाडयुुक्त अन्य वस्तीहरुमा दैनिक रुपमा पानीको ट्याङ्करबाट पानी लिनका लागि मानिसहरु जम्मा हुुने गर्दछन् र यहाँ सामाजिक दुुरी सम्बन्धी नियमको पालना सम्भव हुुने गर्दैन । मानिसहरुको जनघनत्व बढी भएका ठाउँहरुमा भाडाकुँडा धुुन र शौचालय प्रयोगका लागि पानीको उपभोग हुुने गर्दछ । त्यसैले बारम्बार हात धुुनका लागि उनीहरुसंग पानीको अभाव हुुने गर्दछ ।
पानीका लागि जम्मा हुुने भिडभाडमा कोरोनाको संक्रमण फैलनेसक्ने सम्भावना उच्च रहेको वाटर एडले जनाएको छ ।
यसका साथै उसले कोरोना विरुद्धको भ्याक्सिन विकास र उपचारलाई तिव्रता दिइएपनि यसको रोकथामका लागि वास्तविक प्रतिवद्धता नदेखिएको उल्लेख गरेको छ ।
युुनिसेफका जल र स्वच्छताका ग्रेगरी बिल्टले भने, “कुुनै गहिरो अध्ययनबिना नै पानीको अभावलाई कोरोना संक्रमण फैलनसँग जोड्नुु सजिलो छैन, तर हामी यो जान्दछौ कि पानीको अभावमा कोरोनाको जोखिम बढ्ने गर्दछ ।”
संयुुक्त राष्ट्रसंघका अनुुसार अरब क्षेत्रका करीब ७.४ करोड मानिसहरुसंग हातधुुने पानीको आधारभूत सुुविधा उपलब्ध छैन । यसका साथै सिरीया र यमनजस्ता युुद्धग्रस्त देशहरुमा युुद्धको कारण पानीको पूर्वाधारहरुमा धेरै हदसम्म क्षति पुुगेको छ । युुद्धका कारण विस्थापित मानिसहरुसँग पनि पानीको भरपर्दाे र सुरक्षित स्रोत छैन ।
ब्राजिलको एउटा गरीब समुुदायमा एक सातामा जम्मा तीनदिन मात्रै फोहोर कुुवाबाट पानी उपलब्ध हुुने गर्दछ ।
अनुुसन्धान समूह एफ्रोबेरोमिटरका अनुुसार सम्पूर्ण अफ्रिकामा जहाँ कोरोनाको १ लाख संक्रमित पुुग्ने प्रक्षेपण गरिएको छ, त्यहाँका आधाभन्दा धेरै जनसंख्या पानीका लागि बाहिर निस्कने गर्दछन् ।
28 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago