काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने भएको छ। 

आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन)ले महानगर मतहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताएका हुन्। 

महानगरका कामहरु पारदर्शी र सुशासन कायम गर्न मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने मेयर साहले बताए।