काठमाण्डौ । नेपालमा सबैभन्दा मनपर्ने र भरपर्दो ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ।
पिज्जा प्रेमीहरुले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा सेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ। सान फ्रान्सिस्को शैलीको पिज्जा पिज्जा हटको मेनुमा मात्र रु. ३८९ बाट उपलब्ध छ। यसको भेज र ननभेज दुवैको मज्जा लिन सकिन्छ।
यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ। जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का र क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सयोग गर्दछ।
विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरुको माग बढ्दै गइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ। काठमाण्डौभरिका ग्राहकले कुनै पनि उपलब्ध एग्रिगेटरहरुमार्फत डेलिभरीका लागि अर्डर गर्न सक्नेछन र उत्कृष्ट डाइन–इन वा टेक–अवे अनुभवका लागि नजिकको पिज्जा हट रेस्टुरेन्टहरुमा जान सक्नेछन्।
पिज्जा हट ब्रान्डले सरकार र डब्ल्यूएचओद्वारा जारी गरिएका सबै नियम, प्रोटोकलहरु र दिशानिर्देशहरुलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकको सुरक्षाका लागि पालना गरेको छ। यो पिज्जा २४० डिग्रीमा पकाइन्छ। जसले सबै भाइरसहरुलाई मार्छ। यसका साथै ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ।
उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरुमा ताजा सेनिटाइज्ड तरकारी र उच्च गुणस्तरका सामग्री प्रयोग गरिएका छन्।
59 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago