काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पित्तल राखेर सुन भन्दै ऋण प्रवाह गर्ने प्रकरणमा संलग्न नेपाल बैंक लिमीटेड धरान शाखाका गोल्ड लोन म्यानेजर होम भट्टराईसहित ११ जनालाई पक्राउ गरेको छ । 

कमसल धितोमा बढी रकम निकासा गरी बैंकलाई धराशायी बनाएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । ब्यूरोका वरिष्ठ प्रहरी उपरीषक शेरबहादुर बस्नेतका अनुसार बैंकको केन्द्रीय कार्यालयको अनुरोधमा भट्टराईसहित ११ कर्मचारीलाई पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ गर्न शुक्रबार दिउँसो ब्यूरोको टोली धरान पुुगेको थियो ।  

पित्तललाई सुन भन्दै धितो राखेर रकम निकासा गरेको आरोप कर्मचारीमाथि लागेको छ । स्थानीय ब्यापारीहरुसँग मिलेर बैकका कर्मचारीले बढी रकम निकासा गरेको आरोप उनीहरुमाथि छ ।