काठमाण्डौ । पुँजीबजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री जनार्दन शर्मासँग पुँजीबजार सुधारका विषयमा छलफल गरेको छ। 

कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले कार्यदलले आज अर्थमन्त्री शर्मासँग भेट गरी पुँजीबजार सुधारका विषयमा अवगत गराएको जानकारी गराएका छन्। कार्यदलले अर्थमन्त्री समक्ष पुँजीबजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्से प्रमुखको नियुक्ति, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएको थियो। 

छलफलमा अर्थमन्त्री शर्माले आफू पुँजीबजारको दिगो विकास र विस्तारका लागि लागिरहेको बताएका छन्। अर्थमन्त्री शर्माबाट कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पूरा गरिने आवश्वास प्राप्त भएको संयोजक पौडेलले जानकारी गराएका छन्।