काठमाण्डौ । प्रदेश १ सरकारले पुँजी बजार विस्तारलाई आवश्यक पहल गर्ने भएको छ। 

प्रदेशसभा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा पुँजी बजार विस्तारलाई पनि प्राथमिकतामा राखेको हो। जसअनुसार प्रदेश सरकारले पुँजी बजार प्रदेशस्तरमा प्रवर्द्धन गर्न आवश्यक समन्वय र व्यवस्थापन गरिने जनाएको छ। 

प्रदेशसभामा प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

प्रदेश १ सरकारले पुँजी बजार विस्तारका लागि आवश्यक समन्वय र व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकमा राखेकोमा लगानीकर्ताहरुले सकारात्मक रुपमा हेरेका छन्।