काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको योजना नबुझाउने ४ बीमा कम्पनीलाई स्पष्टीकरण सोधेको छ। 

प्राधिकरणले चुक्तापुँजी पुर्याउने मिति नजिकिँदै गर्दा ती कम्पनीहरुले पुँजी वृद्धिका लागि कुनै पनि योजना पेस नगरेपछि स्पष्टीकरण सोधेको हो । प्राधिकणले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सलाई प्राधिकरणमा बोलाएर छलफल गरी स्पष्टीकरण माग गरेको हो। 

छलफलमा कम्पनीका प्रतिनिधिले अझै पनि निश्चित योजना नखुलाएको प्राधिकरण स्रोत बताउँछ। ‘उनीहरुले मर्जरमा जान उचित पाटर्नर खोजी भइरहेको र यस विषयमा कम्पनी सञ्चालकहरुसँग छलफल गरी उचित निर्णय लिने बताएका छन्’, स्रोतले भन्यो।