काठमाण्डौ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ।
कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आफूसँग रहेको लगानीयोग्य रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमा लगानी गर्ने जानकारी गराएको हो। कम्पनीले त्यस्ता बैंकमा १ वर्ष वा २ वर्षका लागि मुद्दति निक्षेपका रुपमा लगानी गरिने जनाएको छ।
त्यस्ता इच्छक वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर र ब्याज भुक्तानी अवधिसहित कम्पनीले तोकेको कोटेसनसम्बन्धी फारम भरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ।
गोप्य शिलबन्दी कोटेसन फाराम पुनर्बीमा कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। कोटेसन बुझाउने अन्तिम मिति मंसिर १५ गतेसम्म तोकिएको छ।
कोटेसन पुनर्बीमा कम्पनीको काठमाण्डौ थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा बुझाउनुपर्नेछ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago