काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७६-७७ सम्मको लिन बाँकी रहेका लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ। 

बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३-७४ देखि आर्थिक वर्ष २०७६-७७ सम्मको लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो। त्यसका लागि आफ्नो परिचयपत्रका साथ यथाशीघ्र काठमाण्डौको पुतलीसडकस्थित बैंकको सेयर विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। 

लाभांश बुझिलिन डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीहरुले डिम्याट खाता खोल्न, डिम्याट खाता खोलिसकेकाहरुले बैंक खाता अद्यावधिक गर्न र सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेकाहरुले अभौतिकीकरण गर्न पनि बैंकले अनुरोध गरेको छ। 

बैंकले आव २०७३-७४ मा ६ प्रतिशत, २०७४-७५ मा १० प्रतिशत, २०७५-७६ मा ११ प्रतिशत र २०७६-७७ मा ३.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।