काठमाण्डौ । सरकारले प्रदूषण जाँचपास विना सवारीसाधन चलाए १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आज एक सूचना प्रकाशित गरी आगामी पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारीसाधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने जानकारी गराएको हो। विभागले हाल काठमाण्डौ उपत्यकाभित्र सञ्चालित सवारीसाधनहरुमा छड्के जाँच गर्दै आएको छ। तीमध्ये अधिकांश सवारीसाधनले प्रदूषण जाँचपास नगरेको पाइएपछि विभागले यस्तो कदम उठाउने निर्णय गरेको हो।
सवारीसाधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको सूचनामा प्रस्ट पारिएको छ।
अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँचपास गराएरमात्र सञ्चालनमा ल्याउन दिने विभागले जनाएको छ।
विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारीसाधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने सूचनामा जनाइएको छ।
यसका साथै आफ्नो टोल वा छिमेकमा कसैले खुला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुला रुपमा फोहोर जलाउनेलाई कारबाही गरिने सूचनामा उल्लेख छ।
2 minutes ago
34 minutes ago
45 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago