– रेखा चन्द

काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ८ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिइसकेको छ। 

राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू तथा प्रभु बैंक र सेञ्चुरी बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृति दिइसकेको हो। यीमध्ये नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको मर्जर प्रक्रिया भने तीव्रगतिले अगाडि बढेको छ। दुुवै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सकिएर अपु्रभ भइसकेको मर्जर कमिटीका एक सदस्य बताउँछन्। ‘अब डीडीए रिपोर्ट पास गर्नका लागि विशेष साधारणसभा नगरी सीधै साधारणसभा बोलाउने तयारी भइरहेको छ’, ती सदस्यले भने, ‘तयार भएको रिपोर्ट पास गर्नलाई हामीले विशेष साधारणसभा नगरी साधारणसभा गर्ने तयारी भएको छ। त्यसबाट ब्यालेन्स सिट र मर्जरको अजेन्डा पास हुनेछ।’

यस्तै ती दुवै बैंकको एक्सट्रनल अडिटको कार्य सकिने अवस्थामा पुगेको छ। ‘त्यसपछि हामी ब्यालेन्स सिट अपुु्रभलका लागि राष्ट्र बैंक जाने र अपुु्रभल भइसकेपछि साधारणसभाको सूूचना जारी हुनेछ’, ती सदस्यले भने, ‘त्यही साधारणसभाले लाभांशसँगै मर्जरको अजेन्डा पनि पास गर्छ।’ 

सम्भवतः कात्तिक दोस्रो सातापछि दुवै बैंकले साधारणसभा डाक्नेछन्। ‘सबै प्रक्रिया सकिएपछि पुुस १५ गतेपछि एकीकृत कारोबार हुने’, ती सदस्यले भने। 

डीडीए रिपोर्टअनुसार नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भएको छ। गत असार २२ गते राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाईसैद्धान्तिक स्वीकृति दिएको थियो। 

मर्जरपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा  ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाण्डे रहनेछन्। यस्तै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रबिना देशराज जोशी हुने छिन्। 

मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ। अहिले दुुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ। अन्तिम कारोबार मूल्यअनुसार नेपाल इन्भेस्टमेन्टको प्रतिकित्ता २६५ रुपैयाँ र मेगाको प्रतिकित्ता २२३ रुपैयाँ छ।