काठमाण्डौ । एकीकृत कारोबार सुरु भएसँगै कुमारी बैंकको सेयर कारोबार पनि पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको छ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्थाबमोजिम पुस १७ गतेबाट सेयर कारोबार रोक्का गरिदिन कुमारी बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई आग्रह गरेको हो। कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया टुंगिएर पुस १७ बाट एकीकृत कारोबार सुरु हुँदैछ। यो निर्देशिकामा एकीकृत व्यवसायिक कारोबार गरेको मितिबाट गाभ्ने, गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ।
सोही प्रक्रिया पूरा गर्न कुमारी बैंकले नेप्सेलाई १५ दिन कारोबार रोक्का गरिदिन आग्रह गरेको हो। यो अवधिपछि एनसीसी बैंकको सेयर कुमारी बैंकको नाममा कारोबार गर्न मिल्नेछ।
यसअघि सोही प्रक्रिया पूरा गर्न एनसीसी बैंकले पनि नेप्सेलाई आफ्नो सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई आग्रह गरिसकेको छ।
अब यी दुवै बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुनेछ।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago