काठमाण्डौ । पुस मसान्तसम्म कोरोना बीमाबापत २ अर्ब ४८ करोड रुपैयाँ बढी दाबीभुक्तानी भएको छ।
बीमा समितिको पछिल्लो आँकडाअनुसार पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमाबापत २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका हुन्।समितिका अनुसार सबै कागजपत्र पूरा भएको दाबी संख्या ५१ हजार ७१७ रहेको छ।
यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाइएकामध्ये २ हजार ७२१ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरणका लागि पेन्डिङमा रहेका फाइलको संख्या ८ हजार ४० रहेको छ।
महाशाखामा प्रमाणीकरणका लागि पठाइएका १४ हजार १६५ फाइलमध्ये अहिलेसम्म ६ हजार १२५ फाइल प्रमाणीकरण भइसकेको समितिले जनाएको छ। प्रमाणीकरणका लागि महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या ७४७ रहेको छ।
यसैगरी १० हजार ९७४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको र १८३ फाइल भने नक्कली भएका कारण दाबी भुक्तानी नगरिएको समितिले जनाएको छ।
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
14 hours ago