काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंक इन्टीग्रेसनसहितको फुुुलफेज अनलाइन सेयर कारोबार सुुचारु गर्न कमिटी गठन गरेको छ ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदले बैंक इन्टीग्रेसन गर्ने कार्यलाई अन्तिम रुप दिन सरोकारवाला पक्षहरुबीच सहकार्य गर्दैै पूूर्ण अनलाइन सेयर कारोबार प्रणाली बनाइने दाबी गरे । 

लकडाउनकै समयमा पनि बोर्ड, नेप्से, सिडिएससी, ब्रोकर्स एसोसिएसन, नेपाल क्लियरिंग हाउसलगायतका पक्षबीच घनिभूूत छलफल भइरहेको उनको भनाइ छ ।

सीइओ साउदले नेप्सेले तयार पारेको आइटी पोलिसी नेपाल धितोपत्र बोर्डबाट स्वीकृृतिका लागि पठाइएको बताएका छन् । सो आइटी पोलिसीबाटै हाल रहेका ५० वटै  ब्रोकर कम्पनीहरुलाई एपीआई दिइने उनको भनाई छ । 

ब्रोकर कम्पनीहरुले नेप्सेबाट प्राप्त एपीआई ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस)सँग बैंक तथा वित्तीय संस्थासँग इन्टीग्रेड हुुने उनले जानकारी दिए । 
उनका अनुुसार लकडाउन सकिनेबित्तिकै बैंक इन्टीग्रेड हुुने उनको दाबीसमेत छ ।

बैंक इन्टीग्रेसनका विषयमा नेप्सेका सीइओ साउदको अभिव्यक्ति भने निकै विरोधाभाष र द्विविधापूूर्ण रहेको छ । नेप्सेले आफैं नट्स(नेप्से अनलाइन ट्रेडिङ सिस्टम)मा बैंक इन्टीग्रेसन गर्ने हो कि ब्रोकरहरुले नै बैंकसँग इन्टीग्रेसन गर्नुुपर्ने विषय भने हालसम्म स्पष्ट भइरहेको छैन ।