काठमाण्डौ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतिपत्र प्राप्त अल्फा प्लस भेन्चर्स लिमिटेडले मोरङको सुन्दरहरैचा–९ विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेडमा लगानी गर्ने भएको छ।
लगानी गर्ने सम्झौतामा पूर्वाञ्चल ल्युब आयलका तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध सञ्चालक अंगिश घिमिरेले बुधबार एक समारोहबीच हस्ताक्षर गरेका छन्।
पूर्वाञ्चल ल्युब आयलले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपालभर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारीमार्फत बिक्रीवितरण गर्दे आएको नेपालको हाल एक अग्रणी ल्युब्रिकेन्ट कम्पनी हो। कम्पनीले विभिन्न प्रकारका पीएलओ ब्रान्डको ल्यु्रबिकेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।
अल्फा प्लस भेन्चर्सको लगानीपश्चात पूर्वाञ्चल ल्युब आयलमा नयाँ ल्युब्रिकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पीएलओ ब्रान्डका ल्युब्रिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्रीवितरण हुने र कम्पनीको सम्रग व्यापारिक तथा कार्यसञ्चालनको क्षमतामा समेत अभिवृद्धि भई कम्पनीले आफ्नो वित्तीय योजनामा समेत प्रभावकारी ढंगले अगाडि बढाउन सकी बिदेशबाट विभिन्न ब्रान्डको आयातीत ल्युब्रिकेन्टलाई प्रतिस्थापन गर्दै नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्युब्रिकेन्टलाई प्रोत्साहन हुनेमा कम्पनी विश्वस्त रहेको कम्पनीका प्रबन्ध सञ्चालक भोलेश्वर दुलालले बताए।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago