काठमाण्डौ । नेपाल सरकार, विभिन्न बैंक तथा बित्तीय संस्था र निजी क्षेत्रको समेत लगानीमा स्थापित नेपाल इन्फ्रास्टक्चर बैंकले एकैपटक चारदर्जन बढी कर्मचारी मागेको छ । 

बैंकले डेपुटी सीइओदेखि असिस्टेन्टसम्मका पदमा दर्जनौ कर्मचारी मागेको हो । 

यो बैंकले कुनै पनि विषयमा स्नातकोत्तर गरी वाणिज्य बैंकमा १० वर्ष काम गरेको अनुभवप्राप्तले डेपुटी सीइओमा आवेदन दिन सकिने बताएको छ । 

यस्तै, बैंकले इञ्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर फिजिबिलिटी विभागका लागि एकजना म्यानेजर वा सिनियर म्यानेजर, यस्तै सोही विभागका लागि एकजना असिस्टेन्ट म्यानेजर वा डेपुटी म्यानेजर समेत मागेको छ । 

फाइनान्सिङ डिपार्टमेन्टका लागि एकजना म्यानेजर वा सिनियर म्यानेजर, इन्फ्रास्टक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि एकजना असिस्टेन्ट वा डेपुटी म्यानेजर समेत मागिएको छ । 

रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टको हेडमा एकजना जनशक्ति माग गरिएको छ भने एकजना कम्पनी सेक्रेटरीका लागि समेत दरखास्त आह्वान गरिएको छ । यस्तै, ट्रेजरी, फाइनान्स र अपरेसन डिपार्टमेन्टका लागि हेड, इन्भेष्टमेन्ट एण्ड स्टक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्टका लागि हेड, मानव संसाधन तथा प्रशासन विभागका लागि एकजना हेड, सूचना प्रविधि विभागका लागि एकजना हेड पनि मागिएको छ । 

बैंकले सिनियर म्यानेजमेन्ट फेलोज पदमा केही जनशक्ति मागेको छ भने अफिसरको रुपमा काम गर्ने गरी १६ तथा  असिस्टेन्ट वा सिनियर असिस्टेन्टको रुपमा काम गर्ने गरी १४ जना कर्मचारी समेत मागेको छ । 

कार्यकारी तथा म्यानेजर लेभलको पदमा ५० वर्षसम्मकाले, अफिसर लेभलको पदमा ४० वर्षसम्मकाले र असिस्टेन्ट लेभलको पदमा ३५ वर्षसम्मकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

इच्छुक उम्मेद्वारले आगामी अगस्ट १ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।