काठमाण्डौ । केही दिनयता भारतीय बजारमा पेट्रोलको भाउ लगातार बढिरहेको छ। अहिले भारतमा पेट्रोलको भाउ प्रतिलिटर भारु १०० भन्दा माथि रहेको छ।
काठमाण्डौमा हाल पेट्रोलको भाउ प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ पनि लगातार बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाल, भारतलगायतका बजारमा परिरहेको हो।
एकातिर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ बढिरहेको छ भने अर्कोतिर केही यस्ता देश पनि छन् जहाँ पेट्रोलको यति सस्तो छ कि भाउ थाहा पाउँदा आश्चर्य मान्नुपर्ने अवस्था आउँछ।
विश्वमै सबैभन्दा सस्तो मूल्यमा पेट्रोल भेनेजुएलामा पाइन्छ। त्यहाँ प्रतिलिटर पेट्रोल ४.८ रुपैयाँमात्रै रहेको छ।
यसैगरी इरानमा पेट्रोलको भाउ निकै सस्तो छ। त्यहाँ प्रतिलिटर ७.२ रुपैयाँमा पेट्रोल पाइन्छ।
यस्तै पेट्रोल प्रतिलिटर सिरियामा २७.२ रुपैयाँ, अंगोलामा ३२.२ रुपैयाँ, अल्जिरियामा ४०.३ रुपैयाँ, कुवेतमा ४१.८ रुपैयाँ र नाइजेरियामा ४८.२ रुपैयाँमा पाइन्छ। – एजेन्सी
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago