काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । 

सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा २ रुपैयाँको दरले भाउ घटाइएको निगमले जनाएको छ । 

निगमका एक संचालकका अनुसार भारतीय आयल निगमले आइतबार पठाएको नयाँ मूल्यसूचिका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । 

नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर ११२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ ।

यसअघि असोज १ गते निगमले मूल्य बढाएको थियो । त्यसपछिदेखि लामो समयसम्म अन्तराष्टिय बजारमा मूल्य घटे पनि नेपालमा भने मूल्य समायोजन भएको थिएन ।