काठमाण्डौ । गहिरो आर्थिक संकटको बीचमा श्रीलंकाले आफ्नो अर्थतन्त्रलाई जोगाउन ठूलो निर्णय लिएको छ। 

देशमा पेट्रोल र खाद्यान्नको सहज आपूर्तिका लागि श्रीलंकाले आमनागरिकका लागि नयाँ प्रतिबन्धको घोषणा गरेको हो।

श्रीलंका आफ्नो समयको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। उसको अगाडि सबैभन्दा ठूलो संकट तीव्र गतिमा घटिरहेको विदेशी मुद्रा सञ्चिती हो। यस्तो अवस्थामा मुलुकमा पेट्रोल, डिजेल र खाद्यान्नको आयात सहज रुपमा चलाउन श्रीलंकाले जनतालाई विदेशी मुद्रा सञ्चय गर्ने सीमा तोकेको छ। 

अब श्रीलंकाका जनताले आफूसँग १० हजार डलरमात्रै विदेशी मुद्रा राख्न सक्नेछन्। यसअघि यो सीमा १५ हजार डलरसम्म थियो।

एसिया प्यासिफिक क्षेत्रमा दशकौँ बितिसक्दा पनि कुनै पनि देशले विदेशी ऋण तिर्न सकेको छैन। श्रीलंकाको आर्थिक संकट गत अप्रिलदेखि गहिरिएको छ। यसको प्रमुख कारण भनेको विदेशी मुद्रा सञ्चितीप्को अभाव हो। यस्तो अवस्थामा श्रीलंकाका अर्थमन्त्री रनिल विक्रमासिंघेले विदेशी मुद्राको भण्डारणलाई सीमित गर्ने आदेश पारित गरेका छन्। यसअनुसार अब श्रीलंकामा बस्ने कुनै पनि व्यक्तिले १० हजार डलरबराबरको विदेशी मुद्रामात्रै राख्न सक्नेछन्। यससँगै सरकारले बैंकिङ प्रणालीमा ठूलो मात्रामा डलर फिर्ता गर्ने अपेक्षा गरिएको छ। जसले सरकारलाई विदेशी मुद्रामा भुक्तानी गर्न मद्दत गर्नेछ।

श्रीलंका सरकारले जुन १६ देखि १४ कार्यकाजी दिनभित्र बैंकमा अतिरिक्त डलर जम्मा गर्न वा आधिकारिक डिलरलाई बिक्री गर्न आग्रह गरेको छ। यतिमात्र होइन १० हजार डलरबराबरको रकम राख्नका लागि प्रमाण पनि पेस गर्नुपर्नेछ।

श्रीलंकामा आर्थिक संकट यति गहिरो छ कि मानिसहरु पेट्रोल, डिजेल र खाद्यान्नका लागि धेरै दिन लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। अर्कोतर्फ वितरणको पूर्ण नियन्त्रण लिन सेनालाई परिचालन गरिएको छ। –एजेन्सी