काठमाण्डौ । रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वका धेरै देशमा पेट्रोल र डिजेलको मूल्य बढ्यो। तर, कुनै देशमा पेट्रोल–डिजेल महँगो हुन्छ कि हुँदैन, त्यो त्यहाँको जनताको क्रयशक्तिमा भर पर्छ।
उदाहरणका लागि स्विट्जरल्यान्डलाई लिन सकिन्छ। त्यहाँका जनताको सम्पत्तिको स्तर यस्तो छ कि पेट्रोलको मूल्य ‘धेरै उच्च’ जस्तो लाग्दैन।
हङकङमा पेट्रोलको मूल्य सबैभन्दा बढी छ। त्यहाँ पेट्रोल प्रतिलिटर २.९८ डलरमा बिक्री भइरहेको छ। एक ग्यालिन पेट्रोलको मूल्य ११.२८ डलर रहेको छ। तर, ‘ग्यासोलिन एफोर्डेबिलिटी र्यांकिङका अनुसार त्यहाँका जनताको जीवनस्तरलाई हेर्दा पेट्रोल महँगो छैन।
यो र्यांकिङ ‘ग्लोबल पेट्रोल प्राइस’ले तयार पारेको हो। यो ऊर्जा डाटा संकलन र विश्लेषण परियोजना हो।
‘ग्लोबल पेट्रोल प्राइस’ र ग्लोबल इकोनोमी प्रोजेक्टका निर्देशक नेभेन भलिभ भन्छन्, ‘कतार र कुवेतजस्ता तेल निर्यात गर्ने देशले सब्सिडी दिएर पेट्रोल र डिजेलको मूल्य निकै कम राख्छन्। तर, अमेरिका र अस्ट्रेलियाजस्ता विकसित अर्थतन्त्रमा पेट्रोल महँगो भए पनि त्यहाँको आम्दानी बढी छ। तर, अर्कोतर्फ धेरै गरिब देश छन्, ती देशमा पेट्रोल धेरै महँगो छैन तर त्यहाँको आम्दानीको स्तर निकै कम छ।
यही कारणले गर्दा कतार, कुवेत, लक्जमबर्ग, अमेरिका र अस्ट्रेलियाका मानिसले पेट्रोलको मूल्य निकै सस्तो पाउँछन्। अर्कोतर्फ मोजाम्बिक, मेडागास्कर, मलावी, सियरा लियोन र रुवाण्डामा पेट्रोलको मूल्य निकै उच्च रहेको देखिन्छ। यी विभिन्न देशमा मानिसहो आय स्तरको प्रभाव पार्छ।
विश्वभर ऊर्जा संकट भइरहेका बेला पेट्रोलको मूल्य धेरै देशका लागि ठूलो टाउको दुखाइ बनेको छ। अधिकांश देशले आफ्ना नागरिकलाई सस्तो तेल उपलब्ध गराउन अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा पेट्रोल किन्नुपरेको छ।
पेट्रोल, डिजेल र ग्यासको मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय अर्थतन्त्रमा मुद्रास्फीतिको नयाँ लहर सिर्जना भएको छ। यसले विश्व अर्थतन्त्रलाई हल्लाएको छ। जनताको घरायसी बजेट बिग्रिएको छ। बढ्दो ब्याजदर र घट्दो आर्थिक वृद्धिका कारण अन्यौलको वातावरण छ।
भलिभले भने, ‘युक्रेन युद्धपछि इन्धनको मूल्य बढेको हो। कोभिडपछि विश्व अर्थतन्त्रमा आएको सुधारका कारण पनि तेलको मूल्य बढिरहेको छ।’
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेपछि आमउपभोक्ताले महँगो तेल किन्न बाध्य छन्। तर, विभिन्न देशमा पनि अवस्था फरक छ। यो ती देशले कच्चा तेल आयात वा निर्यातमा निर्भर गर्दछ। तेलको मूल्य कसको कति रिफाइनिङ क्षमता छ, त्यसमा पनि भर पर्छ। मूल्य अन्य कारकमा पनि निर्भर हुन्छन्, जस्तै– सरकारी अनुदानको स्तर।
विभिन्न देशका जनताको आयस्तरको पक्षलाई बेवास्ता गर्ने हो भने भेनेजुएला, लिबिया, इरान, अल्जेरिया र कुवेतमा तेलको मूल्य सबैभन्दा कम छ। जब कि हङकङ, आइसल्यान्ड, जिम्बाब्वे, नर्वे र मध्य अफ्रिकी गणतन्त्रमा मूल्य उच्च छ।
यस वर्षको सुरुमा विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १.२३ डलर थियो। तर, विस्तारै मूल्य बढ्यो र जुनसम्म उच्च तहमा पुग्यो। यो बेला पेट्रोलको मूल्य प्रतिलिटर १.५० डलर पुगेको थियो। तर, अहिले प्रतिलिटर १.३१ डलरको स्तरमा झरेको छ। यो मूल्य युक्रेन युद्धअघिको हो।
कच्चा तेलको मूल्य पनि युद्धपूर्वको स्तरमा झरेको छ। यो हुनुको मुख्य कारण विश्वभर आर्थिक गतिविधिमा आएको सुस्तता नै हो। –बीबीसीबाट भावानुवादित
17 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago