काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागूू हुने गरी मूल्य वृद्धि गरिएको हो । 

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो । 

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बिजशालालाई दिएको जानकारी अनुसार मूल्यवृद्धि पछि अब पेट्रोलका नयाँ मूल्य प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेलको नयाँ मूल्य ७५ रुपैयाँ ५० पैसा र प्रति सिलिण्डर ग्यासको नयाँ मूल्य १३ सय ५० रुपैयाँ कायम भएको छ । 

यो मूल्य समायोजन नगरिएको भए निगमलाई आगामी महिना २२ करोड घाटा हुने थियो । घाटाबाट बच्न गरिएको मूल्य समायोजनका कारण अब निगमलाई ४ करोड नाफा कमाउनेछ । 

निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि आयल निगमले पनि मूल्य बढाएको बताएको छ ।