काडमाडौँ । नेपाल आयल निगमले बुधबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य वृद्धि गरिएको जानकारी निगमले दिएको छ । अब पेट्रोलको बजारमूल्य प्रतिलिटर एक सय आठ रुपैया कायम भएको छ । 

यसैगरी डिजेल र मट्टीतेलमा समेत मूल्य वृद्धि गरिएको छ । प्रतिलिटर तीन तीन रुपैया मूल्य वृद्धि गरिएको छ । अब डिजेल र मट्टीटतेलको बजार मूल्य ९० रुपैयाँ प्रतिलिटर पुगेको छ । तर खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन । 

नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भारतीय आयल निगम (आइओसी) नै मूल्यवृद्धि गरेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको दावी निगमको छ ।