काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 
 

निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुईको दरले तीनवटै पेटोलियम पदार्थको मूल्य समायोजन गरेको हो । 

घटेको मूल्य आज(आइतबार) राति १२ बजेदेखि लागू हुनेछ । 

समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । 

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।