काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु. २ वृद्धि गरेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आइतबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु. २० मूल्यान्तर रहेकामा रु. १८ मूल्यान्तर हुने जानकारी दिए ।
अब काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य रु. १०९, डिजेल र मट्टितेलको रु. ९७ कायम हुनेछ।
यसअघि पेट्रोलका प्रतिलिटर रु. १०७ र डिजेल र मट्टितेल रु. ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।
हवाइ इन्धन र एलपी ग्यासको मूल्य बढेर आएको भए पनि हाललाई नेपालको मूल्य यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
2 minutes ago
9 minutes ago
28 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago