काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले शारीरिक, मानसिक र आर्थिक रुपमा संकट निम्त्याइरहेको छ।
संक्रमण रोकथामनका लागि गरिएको लकडाउनबाट अधिकांश मानिस घरमा थुनिएका छन्। यस्तोमा आकस्मिक समस्या आइपर्न सक्छन् र पैसा आवश्यकता पनि पर्न सक्छ। यस्ता आकस्मिक समस्यासँग लड्नका लागि यी ५ कुरालाई ध्यान दिन अतिआवश्यक छ।
आकस्मिक फन्ड
अहिले लकडाउनका कारण धेरैजसो मानिस घरभित्रै छन्। यस्तो यदि अचानक आवश्यकताभन्दा बढी पैसा चाहियो भने के गर्ने ? त्यसैले अचानक आइपर्ने पैसाको समस्याबाट बच्न आकस्मिक फन्ड बनाउन आवश्यक छ। यस्तो फन्डमा कम से कम ६ महिनासम्म गुजारा गर्न सकिने पैसा जम्मा गर्नुपर्छ। जसले अहिले कोरोनाभाइरसबाट निम्तेको परिस्थितिमा जस्तै लड्न सहयोग पुगोस्।
ऋण लिनबाट बच्नुस्
यो संकटको घडीमा पैसा जति नै आवश्यक नै किन नपरोस् तर ऋण लिनबाट सकभर बच्नुस्। किनकि अहिलेको अवस्थामा लिएको ऋणको बोझ निकै भारी हुने पक्का छ। यदि तपाइँले पहिले नै कतैबाट ऋण लिनुभएको छ भने छिटोभन्दा छिटो तिर्नुस्। सकभर ऋणको रकम क्रेडिट कार्डको साटो नगद वा डेबिट कार्डबाट तिर्दा राम्रो हुन्छ।
अनावश्यक खर्च कम गर्नुस्
लकडाउनको समयमा अनावश्यक खर्च कम गर्नुस्। किनकि यतिबेला कामधन्दा प्रायः ठप्प छ। यो संकटपछिको २–४ महिना अझै यस्तै अवस्था रहिरहन सक्छ। त्यसैले यो बेला अनावश्यक खर्च कटौती गर्दै पैसा बचत गर्नुपर्छ। जसले भविष्यमा तपाइँलाई आर्थिक समस्या आइपर्नबाट जोगाउन सक्छ।
विचार नगरी लगानी नगर्नस्
पैसाको मामिलालाई निकै सतर्क हुन आवश्यक छ। अहिलेको अवस्थामा त झनै सोचविचार गर्नुपर्ने अवस्था छ। यस्तो बेला यदि तपाइँ विना विचार गरी कतै लगानी लगाउनुभयो भने पैसा डुब्न सक्छ। त्यसैले आफूले लगानी गर्न लागेको क्षेत्रका बारेमा राम्ररी विचार गरेर लगानी गरेमात्र उचित प्रतिफल प्राप्त हुन्छ।
आफ्नो क्षमता बढाउनुस्
लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो क्षमता अभिवृद्धिका गतिविधि गर्नुस्। अहिलेको अवस्थामा तपाइँ घरमै बसेर इन्टरनेटबाट अनलाइन कोर्स गर्न सक्नुहुन्छ। त्यस्तै अन्य सीपमूलक प्राविधिक ज्ञान पनि हासिल गर्न सक्नुहुन्छ। लकडाउन खुलेपछि तपाइँ यस्ता अतिरिक्त सीप र ज्ञानले काममा थप आम्दानी बढाउन मद्दत गर्नेछ। – एजेन्सी
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago