काठमाण्डौ । हामी दैनिक जीवनमा कयौँपटक गल्तीहरु गर्न पुुग्छौँ। त्यस्ता गल्तीको प्रत्यक्ष प्रभाव हाम्रो जीवनमा पर्ने गर्दछ। जस्तो कि– हामी कहिलेकाहीँ जानी–नजानी यस्ता वस्तुहरु लिन पुुग्दछौँ, जसले जीवनमा कयौँ समस्या निम्त्याउने गर्दछ। 

शास्त्रमा केही यस्ता वस्तुहरुका बारेमा बताइएको छ, जुन यदि बिना पैसा दिएर लिइयो भने धनसम्बन्धी समस्याहरुको सामना गर्नुका साथै सुखशान्तिका लागि समेत संघर्ष गर्नुपर्ने हुन सक्छ। हिन्दु शास्त्रमा यस्ता वस्तुहरु बिना पैसा लिइयो भने अशुुभ वा दुर्भाग्य हुने मान्ने गरिन्छ। आखिर के हुन् त त्यस्ता वस्तुहरु ? जुन पैसा नदिई लिनु हुँदैन।

नुुन 

खानामा जति नै आधुनिक मसलाहरु हाले पनि त्यो नुनको बिना बेस्वादको हुन्छ। त्यसैले जीवनमा नुनको विशेष महत्व हुने गर्दछ। नुनलाई कहिल्यै पनि बिना पैसा लिनु हँुदैन। यदि यस्तो गरिएको भने अशुुभ हुने मान्ने गरिन्छ। किनकि नुुनको सम्बन्ध शनिसँग हुने गर्दछ। पैसा नतिरेर नुन लियो भने घरमा रोग वा ऋणको प्रवेश हुुने र शनिले जीवनलाई स्वादहीन बनाउने मानिन्छ। 

तील 

बिना पैसा तील लिनुलाई पनि अशुुभ मानिन्छ। तीलको सम्बन्ध शनिका साथ–साथै राहुु–केतुसँग पनि हुने विश्वास गरिन्छ। बिना पैसा तील लिइयो भने यी तीनवटैको प्रतिकूल प्रभाव जीवनमा पर्ने गर्दछ। तील दान लिइयो भने कार्यहरुमा बाधा सिर्जना हुने र आवश्यक कार्यहरुमा असफलताको सामना गर्नुपर्ने हुन सक्छ। 

सियो 

सियोलाई पनि पैसा नतिरीकन घरमा ल्याउनु हुँदै। यसले घरमा नकारात्मक असर पार्न सक्छ। पैसा नतिरीकन सियो घरमा ल्याइयो भने यसले घरका सदस्यहरुबीचको प्रेमभाव अन्त्य हुन्छ र घरमा कलहको वातावरण सिर्जना हुन्छ। त्यसैले सियोलाई पनि कहिल्यै पनि दानका रुपमा लिनुु हुँदैन। 

रुमाल

शास्त्रमा बिना पैसा रुमाल पनि लिन नहुने उल्लेख गरिएको छ। कयौँ व्यक्तिहरु केही समयका लागि अरुको रुमाल लिने गर्दछन् र पछि फिर्ता गर्न बिर्सन्छन् र रुमाल आफूसँगै रहने गर्छ। यस्तो कहिल्यै पनि गर्न हुँदैन। शास्त्रमा जसको रुमाल हो, उसैलाई फिर्ता गर्नुपर्ने भनिएको छ। रुमाल जस्तो सानो वस्तुले जीवनमा प्रेमको कमी निम्त्याउन सक्छ। रुमाल लिएको व्यक्तिसँग विस्तारै सम्बन्ध बिग्रन थाल्छ र वैर भाव बढ्न थाल्छ। त्यसैले सधैँ पैसा तिरेरमात्रै रुमालको प्रयोग गुर्नपर्दछ। यसका साथै रुमाल कसैलाई उपहारका रुपमा दिन नहुने शास्त्रमा उल्लेख गरिएको छ। 

फलाम

फलामको सम्बन्ध शनिदेवसँग भएको मान्ने गरिन्छ। त्यसैले बिना पैसा फलाम पनि लिन नहुने उल्लेख गरिएको छ। फलामलाई दानका रुपमा लिने गरिन्छ र यदि सित्तैमा फलाम लिइयो भने दान लिएको मान्ने गरिन्छ। जुन व्यक्तिले फलाम दिन्छ, उसमा रहेको शनिको प्रतिकूल प्रभाव फलाम लिने व्यक्तिमाथि पर्ने गर्दछ। यसका साथै शनिबार फलाम खरिद गर्न नहुनेसमेत शास्त्रमा उल्लेख गरिएको छ। यसका साथै शनिको साढेसाती भएकाहरुलाई फलाम दान गर्न शास्त्रमा उल्लेख गरिएको छ।