काठमाण्डौ। इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा पोको एक्स५ प्रो ५जी लन्च गरिने भएको छ।
वैशाख २८ गतेबाट बजारमा उपलब्ध हुने यो फोन विशेष रुपमा ‘दराज’मा लन्च हुनेछ। यो फोन आज वैशाख २२ गतेदेखि वैशाख २७ सम्म दराजमा प्रि–बुकिङका लागि खुला रहेको छ। यस मिड–रेन्ज एक्स सिरिजमा ५०००एमएएच ब्याट्री, ६७डब्ल्यू फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको छ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘हामीले गर्ने सबै कुरा उपभोक्तामा केन्द्रित रहेको छ। हाम्रो लक्ष्य नवीनतम प्रविधिका स्मार्टफोन उचित मूल्यमा उपलब् ध गराउनु हो। हाम्रो यही मूल दर्शन झल्काउने पोको एक्स५ प्रो ५जी स्मार्टफोन उद्योगमा एक वास्तविक गेम चेन्जर बन्न सक्छ। सोसल मिडिया स्क्रोलिङ र गेमहरुका लागि १२०एचजेड फ्ल्यागसिपस्तरको रिफ्रेस रेटका साथ नवीनतम एमआईयूआई १४को स्टोरेज अप्टिमाइजेसन सहित यस पोको फोनमा प्रयोगकर्ताले अझ बढी छरितो पफर्मेन्सको मजा लिन सक्छन्।’
निलो, कालो, र पहेँलो गरी यो फोन तीन रङमा उपलब्ध रहेको छ। ६जीबी+१२८जीबी र ८जीबी+२५६जीबी गरी दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध यसको मूल्य क्रमशः रु. ३९ हजार ९९९ र रु. ४२ हजार ९९९ रहेको छ।
POCO X5 Pro 5G Specs
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago