काठमाण्डौ । पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा ब्यवसाय समितिलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । 

पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत समितिलाई सो ज्याकेट उपलब्ध गराएको हो । 

कम्पनीले २०७३ माघ २८ गतेका दिन बेगनास ताल डुङ्गा ब्यवसाय समितिलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ । 

विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय–समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ । यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १ सय ५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।