काठमाण्डौ । नेपाल बैङ्क लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको लेखनाथस्थित तालचोकमा शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

प्रदेश नम्बर ४ मा पर्ने कास्की जिल्लाको पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा स्थापित शाखाको एक विशेषः समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र नेपाल बैक लिमिटेडका का.मु.प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे ।

सो अवसरमा प्रमुख अतिथि जिसीले बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिंदै नेपालको सबैभन्दा पुरानो बैंक कारोवार तथा सेवाको आधारमा समेत अब्बल बैक बन्न सकोस् भन्ने शुभकामना प्रकट गरे । 

नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले विगत ८ दशकयता नेपालमा बैंकिङ सेवा पुरयाउँदै आएको बैकलाई वर्तमान पुस्ताको आवश्यकता बमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता प्रकट गरे । 

सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी बाबुराम गिरी, बैक शाखा प्रबन्धक मनिता शर्मा लगायतका वक्ताले बैंकले प्रवाह गर्ने सेवाका विविध पक्षबारे मन्तव्य दिएका थिए ।