काठमाण्डौ । ढिलोगरी मतगणना सुरु भएको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वार र एमालेका उम्मेद्वारबीच सुरुवातमा कडा टक्कर देखिएको छ । 

हालसम्म त्यहाँ ५० मत गनिएको छ । ५० मतमध्ये गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता  धनराज आचार्यले २३ मत पाएका छन् । 

एमालेबाट मेयरका उम्मेद्वार कृष्ण थापाले २२ मत ल्याएका छन् । 

यसैगरी, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार कोपिला रानाभाटले २२ मतसहित अग्रता लिएकी छिन् । एमालेकी मञ्जुदेवी गुरूङले २० मतसहित पछ्याइरहेकी छिन् ।