काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ३९ जनाको शव फेला परेको छ।
पोखरा विमानस्थलका प्रवक्ता अनुप जोशीका अनुसार हालसम्म ३९ वटा शव दुर्घटनाग्रस्त क्षेत्रबाट निकालिएको छ। ‘ती शवमध्ये २९ वटा पश्चिमाञ्चल अस्पतालमा लगिएको छ’, उनले भने, ‘बाँकी १० वटा संकलन गरी खोँचबाट बाहिर ल्याउने काम भइरहेको छ।’
काठमाण्डौबाट पोखराका लागि १०ः३२ बजे उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एआरटी७२२५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको एयरलाइन्सले जनाएको छ। विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार थिए।
कुल यात्रुमा ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनी १ जना, अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक थिए।
विमान अन्तिमपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा रहेको एयरलाइन्सले जनाएको छ। दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थलस्थित उद्धार टोली तथा नेपाल प्रहरीको टोलीसहित उद्धार कार्य भइरहेको कम्पनीले जनाएको छ।
विमान क्याप्टेन कमल केसीले उडाएका थिए। चालक दलका अन्य सदस्यमा अन्जु खतिवडा, सर्जना होगचुन र ओसिन आले मगर थिए।
37 minutes ago
51 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago