काठमाण्डौ । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको स्थलबाट ६४ जना शव निकालिएको छ। 

दुर्घटनाग्रस्त क्षेत्र सेतीको खोँचबाट अहिलेसम्म ६४ वटा शव संकलन गरिएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले जनाएका छन्। तीमध्ये ३२ वटा शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। बाँकी शव घटनास्थलमै छ।

यसैबीच अस्पताल पुर्याइएकामध्ये अहिलेसम्म ५ जनाको सनाखत भएको छ। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको हो।

विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए।