काठमाण्डौ । यती एयरलाइन्सको विमान दुर्घटना भएको पोखराको सेती खोँचमा सोमबार बिहानै हराइरहेकाहरुको खोजी कार्य सुरु भएको छ।
सुरक्षाकर्मीहरु बिहानैदेखि उद्धारका लागि खटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो। विमान चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। हिजो साँझसम्म ६८ जनाको शव फेला परेको थियो।
अझै चार बेपत्ता बेपत्ता छन्। उनीहरुको खोजी कार्यका लागि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खटिएका छन्। काठमाण्डौबाट गएको सशस्त्र प्रहरीको गोताखोरको टोली खोजीमा खटिएको छ। बेपत्ताहरुको खोजीका लागि क्रेन सहायता पनि लिइएको छ।
प्रजिअ केसीका अनसार शवहरुको पहिचान गरी आज आफन्तजनलाई जिम्मा लगाइनेछ। विदेशीको शव भने काठमाण्डौ पठाइनेछ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago