काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अध्यक्ष अनीलकुमार उपाध्यायले पोलिसीमा रिभ्यु आवश्यक रहेको बताएका छन्। 

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष उपाध्यायले यस्तो धारणा राखेका हुन्। अर्थतन्त्रमा ३०० प्लस र ३०० माइन्स हुँदा असर गर्ने उपाध्यायको भनाइ थियो। 

उपाध्यायले बैंकहरु रेगुलारिटी सिस्टमबाट बाँधिएका बताए। ‘अहिले लिक्विडिटी एभरेज ८८ प्रतिशत रहेको छ’, उनले भने, ‘जोखिम भार अर्को कुरा छ। सरकारी कारोबार सोचेजस्तो हुन सकेको छैन।’

अर्थतन्त्र मजबुत पार्न बाह्य र आन्तरिक स्रोतलाई कृषिमा जोड्नका लागि अवधारणा आवश्यक रहेको अध्यक्ष उपाध्यायले बताए। ‘अहिलेको अवस्थामा रेमिट्यान्सलाई बलिया बनाउन अवाश्यक छ’, उनले भने।