काठमाण्डौ । आइतबारबाट सुरु भएको चरम राजनीतिक संकटको एउटा कारण नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना समेत रहेको देखिएको छ । 

विगतदेखि नै प्रचण्डले प्रधानमन्त्री बन्ने प्रयास गरेका विषयहरु बाहिर आउने गथ्र्यो । तर, त्यस्ता विषयलाई स्वयम् प्रचण्डले भने खण्डन गर्दै आएका थिए । 

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रपञ्चको सूइँको पाएकै कारण हतारमा संसद विघटनको सिफारिस गरेका देखिएको छ । 

बिहान १०ः५० बजे प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । संसद सचिवालयमा दर्तानम्बर १ राखी दर्ता गरिएको सो प्रस्ताव ओलीको कार्यशैलीको कडा आलोचना गरिएको छ । सो प्रस्तावमा आगामी प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई प्रस्ताव गरिएको छ । 

अविश्वासको सो प्रस्तावमा प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् । तर, पार्टी उपाध्यक्ष बामदेव गौतमको भने हस्ताक्षर छैन । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने योजना हिजै बनेको सूचना आइसकेको थियो । प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरी ओलीलाई पदच्यूत गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि संसदमा महाअभियोग लगाई निश्कासन गर्ने योजना बनाएको सूचना समेत पुगेपछि ओलीले निकै हतारोमा संसद विघटनको सिफारिस गरेका थिए । यस्तै सूचना पाएकी राष्ट्रपति भण्डारीले पनि द्रूत गतिमा संसद विघटनको सिफारिसलाई अनुमोदन गरेकी थिइन । 

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव यस्तो छ: