काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ।

प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन उक्त जानकारी गराएको हो। आज रातिदेखि नै ३८ रुपैयाँमा विद्युत खरिद गर्न प्रतिस्पर्धामा भाग लिइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग हालसम्मकै उच्च मूल्यमा बिजुली खरिद गर्न लागिएको बताए। यसअघि भारतबाट प्रतियुनिट भारु ८ मा नेपालले बिजुली खरिद गर्दै आएको थियो।

प्राधिकरण मंगलबार र बुधबारको प्रतिस्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि नेपालतर्फको आपूर्ति रोकिएको थियो। जसका कारण मंगलबार साँझदेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ। 

प्राधिकरणले आज साँझ भारतबाट ७ हजार मेगावाट आवर बिजुली किन्नेछ।