काठमाण्डौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । 

सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटेको हो । यस्तै, अन्तराष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति हजार लिटरमा ८१ डलर कम भएको छ । 

नेपाल आयल निगमका प्रवक्ता भानुुभक्त खनालका अनुसार सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य ९४ बाट घटाई प्रति लिटर ८६ रुपैयाँ कायम गरिएको छ । यस्तै अन्तराष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति एकहजार लिटर ८३१ डलरबाट घटाई ७५० डलर कायम गरिएको छ । 

इण्डियन आयल कर्पोेरेसन(आइओसी)बाट आएको नयाँ मूल्य सूचि अनुसार हवाई इन्धनको मूल्य घटाइएको खनालको भनाई छ । अन्य पेट्रोलियम पदार्थको मूल्य पनि यथावत राखिएको छ ।