काठमाण्डौ । तीव्र विरोध र असन्तुष्टिबीच प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको छ।

प्रदेशसभामा मंगलबार स्थायी राजधानीको विषयमा मतदान भएको थियो । जसअनुसार दाङमा स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको प्रस्तावलाई दुईतिहाई बहुमतले समर्थन गरेका हुन् । 

सो प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको हो ।