काठमाण्डौ । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन्।
नेपाली कांग्रेसबाट मेयरमा उठेका कुशवाहा पुराना प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरले पराजित भएका हुन्।
यादवले ५ हजार २९४ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन्। कुशवाहाले ४ हजार ७५२ मत ल्याएका छन्।
कुशवाहा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार बनेका यादवसँग पराजित भएका थिए। मेयरमा पराजित भएपछि कुशवाहा कांग्रेसबाटै प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago