काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा आज शुक्रबारका दिन अटोमेटिक सेनिटाईजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएको मेसिनबाट कोभिड–१९ को जोखिम न्यूनीकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्ने क्यापिटलको भनाइ छ ।

साथै प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्दै अगाडि बढिरहेको  र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता व्यक्त गरेको छ ।