काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज आइतबार कपिलवस्तु जिल्लाको कपिलवस्त ुनगरपालिका वडा नं. १स्थित तौलिहवामा  २०२औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरणसिंहले एक समारोह बीच गरे । यो शाखासहित प्रभु बैंकको कुल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटिएम  संख्या १५२ पुगेको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि किरण सिंहले प्रभु बैंकले तौलिहवामा आप्mनोे शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवाप्रदान गरी प्रशंसनीय कार्य गरेको बताए । मन्तब्यको क्रममा उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामनासमेत व्यतm गरे । बैंकको तौलिहवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।