काठमाण्डौ । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबीचको प्राप्ति प्रक्रिया रद्द भएको छ।
प्रभु बैंकले क्यापिटलले मर्चेन्ट बैंकिङ प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको थियो। तर, क्यापिटल मर्चेन्टले गत मंसिर १ गते प्रभु बैंकलाई पत्र पठाउँदै प्राप्तिसम्बन्धी सबै प्रक्रिया स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिन समितिसमेत भंग गर्न अनुरोध गरेको थियो।
सोही अनुरोधबमोजिम प्रभु बैंक सञ्चालक समितिको मंसिर ८ गते बसेको बैठकले क्यापिटल मर्चेन्ट बैंकिलाई प्राप्ति गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय भएको कम्पनी सचिव अमित भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago